७ जेठ २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

राष्ट्रिय सभा निर्वाचनः कति छन मतदाता ? हेरौ उम्मेदवारको सुचि


प्रकाशित: आइतवार, ११ माघ २०८२, १२ः५० बजे
- महानगरखबर

काठमाडौं । राष्ट्रिय सभाका लागि भइरहेको निर्वाचनमा आज मतदान जारी रहेको छ । 


निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सबै सम्बन्धित प्रदेशका सदरमुकामहरूमा मतदान भइरहेको छ ।


संविधानको धारा ८६ (३) अनुसार राष्ट्रिय सभा सदस्यको पदावधि सकिएर रिक्त हुन लागेको स्थानका लागि पद रिक्त हुनुभन्दा ३५ दिन अगावै निर्वाचन गर्नुपर्ने व्यवस्था छ । 


जुन प्रदेशबाट सिट रिक्त हुन लागेको हो, त्यही प्रदेशभित्रका मतदाताबाट नयाँ सदस्य निर्वाचित गरिने प्रावधान छ । सोहीअनुसार प्रदेश राजधानीहरूमा मतदान भइरहेको आयोगले जनाएको छ ।


राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरू मतदाता हुन्छन । 


हेरौं उम्मेदवारको सुचीः

 

 


लुम्बिनी प्रदेश


प्रदेश सभा सदस्यतर्फः महिला १८ र पुरुष ३१, जम्मा ४९


स्थानीय तह सदस्यतर्फः महिला २७ र पुरुष ५२, जम्मा ७९


वागमती प्रदेश


प्रदेश सभा सदस्यतर्फः महिला २४ र पुरुष ३७, जम्मा ६१


स्थानीय तह सदस्यतर्फः महिला ६० र पुरुष ११६, जम्मा २३७


मधेस प्रदेश


प्रदेश सभा सदस्यतर्फः महिला २० र पुरुष ३२, जम्मा ५२


स्थानीय तह सदस्यतर्फः महिला ४१ र पुरुष ६८, जम्मा १०९


गण्डकी प्रदेश


प्रदेश सभा सदस्यतर्फः जम्मा ४४


स्थानीय तह सदस्यतर्फः जम्मा १३६


कोशी प्रदेश


प्रदेश सभा सदस्यतर्फः महिला १४ र पुरुष ३४, जम्मा ४८


स्थानीय तह सदस्यतर्फः महिला ६९ र पुरुष १०५, जम्मा १७४


कर्णाली प्रदेश


प्रदेश सभा सदस्यतर्फः महिला १३ र पुरुष २५, जम्मा ३८


स्थानीय तह सदस्यतर्फः महिला ४९ र पुरुष ८१, जम्मा १३०


प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १९ कायम गरिएको छ । एकल संक्रमणीय मत प्रणालीका आधारमा हुने निर्वाचनमा सबैभन्दा धेरै मतभार प्राप्त गर्ने उम्मेदवार निर्वाचित हुनेछन ।


निर्वाचनका लागि ४४ जनाले उम्मेदवारी दर्ता गराएका थिए । राष्ट्रिय सभाका सदस्यको पदावधि ६ वर्षको हुन्छ भने प्रत्येक दुई वर्षमा एक तिहाइ पदका लागि निर्वाचन हुने संवैधानिक व्यवस्था छ ।


५९ सदस्यीय राष्ट्रिय सभामा आउँदो फागुन २० गते १९ जनाको पद रिक्त हुँदैछ । तीमध्ये एक जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन भने बाँकी १८ जना निर्वाचनमार्फत चयन हुनेछन ।


राष्ट्रिय सभाको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालबीच तालमेल भएको छ । नेपाली कांग्रेसले ९ सिट, नेकपा एमालेले ८ सिट र लोकतान्त्रिक समाजवादी पार्टीले १ सिटमा उम्मेदवारी दिएका छन ।


नेपाली कम्युनिस्ट पार्टीले सातै प्रदेशमा एकल उम्मेदवारी दिएको छ । यस्तै जनता समाजवादी पार्टीले मधेस प्रदेशमा दुई पदमा उम्मेदवारी दर्ता गराए पनि लोकतान्त्रिक समाजवादी पार्टीसँग एकतापछि निष्क्रिय गरिएको थियो । त्यहाँ लोसपा नेपालले महन्थ ठाकुरलाई उम्मेदवार बनाएको छ ।


यसैगरी नेपाल मजदुर किसान पार्टीले बागमती प्रदेशमा र राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशमा उम्मेदवारी दर्ता गराएका छन ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex