१८ बैशाख २०८१, मंगलबार
Header

राष्ट्रिय सभा चुनावमा कांग्रेसले तालमेल गर्ने, उम्मेदवारकोे मापदण्ड तय


प्रकाशित: आइतवार, १५ पुस २०८०, २०ः२१ बजे
- महानगरखबर

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभाका लागि हुने निर्वाचनमा गठबन्धनसँग तालमेल गर्ने निर्णय गरेको छ । 


पुस १२ गतेदेखि १४ गतेसम्म सानेपामा बसेको केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो । बैठकले राष्ट्रिय सभाका उम्मेदवारको लागि मापदण्ड समेत तय गरेका छन ।


जिल्ला र प्रदेशबाट सिफारिस भई आएका नामहरूमध्ये भौगोलिक तथा जातीय क्षेत्रीय सन्तुलन समेतलाई ध्यान दिई योगदान गरेकालाई प्राथमिकता दिने मापदण्ड बनेको छ ।


संसदीय क्षेत्रमा योगदान पुर्‍याउन सक्ने क्षमता भएका, पार्टीप्रति प्रतिबद्ध र स्वच्छ छवि भएकालाई पनि प्राथमिकता दिइने भएको छ ।


हालसम्म कुनै पनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट वञ्चित भएका योग्य तथा लोकप्रिय व्यक्तिलाई उम्मेदवार बनाउने गरी मापदण्ड नै बनाइएको छ । 


आगामी माघ ११ मा हुने चुनावका लागि यही पुस २३ उम्मेदवारी दर्ताको कार्यक्रम छ ।


राष्ट्रिय सभामा सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुने एकसहित २० सिट रिक्त हुने भएकोले चुनाव गर्न लागिएको हो । 


यस निर्वाचनमा चुनाव हारेका र समानुपातिक सूचीमा नाम भएकाहरूले नाम फिर्ता लिएर आकांक्षा देखाइरहेका छन । कांग्रेसले पार्टी विधानको धारा ३२ को ९ अनुसार प्रदेश कार्यसमितिको सिफारिसमा संसदीय बोर्डबाट उम्मेदवार टुंगो लगाउने तयारी गरेको छ ।


प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले ठूलो संख्यामा आकांक्षीका नाम केन्द्रीय कार्यालयमा प्राप्त भएको बताए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD