२२ बैशाख २०८१, शनिबार
Header

राष्ट्रिय सभा उपाध्यक्षमा एमालेकी विमला घिमिरे निर्वाचित


प्रकाशित: बुधवार, २८ चैत्र २०८०, १६ः३० बजे
- महानगरखवर

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्षमा (एमाले) की सांसद विमला घिमिरे निर्वाचित भएकी छन । 


सभामा बुधबार भएको मतदानबाट घिमिरे ३९ मत ल्याएर उपाध्यक्ष निर्वाचित भएकी हुन ।


उनलाई एमालेसँगै माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि समर्थन गरेको थियो । 


राष्ट्रिय सभा उपाध्यक्ष पदमा नेपाली कांग्रेसले विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाएको थियो । पुडासैनीले १६ मत पाएको थिइन । 


सभको निर्वाचनमा ५५ सांसदको उपस्थिती रहेको थियो ।


सभामा मौजुदा संख्याको बहुमत रहेकाले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले घिमिरेलाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित भएको घोषणा गरे । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD