१७ बैशाख २०८१, सोमबार
Header

राष्ट्रिय सभा अध्यक्षमा कांग्रेसका शर्मा र माओवादीका दाहालविच प्रतिस्पर्धा हुने


प्रकाशित: आइतवार, २७ फागुन २०८०, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष पदका लागि नेपाली कांग्रेसले युवराज शर्मालाई चयन गरेको छ । 


आइतबार बसेको कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकले शर्मालाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । 


७३ वर्षीय शर्मा २०७८ सालमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन ।


यता नेकपा माओवादी केन्द्रले नेता नारायण दाहाललाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । 


एमाले, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच राष्ट्रियसभा अध्यक्ष माओवादी केन्द्रले लिने सहमति भइसकेको छ ।


राष्ट्रियसभा अध्यक्षको निर्वाचन २९ फागुनमा हुँदैछ । राष्ट्रिय सभामा सबैभन्दा ठुलो दल एमाओवादी केन्द्र रहेको छ भने कांग्रेस दोस्रो पार्टी हो । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD