२१ बैशाख २०८१, शुक्रबार
Header

राष्ट्रिय सभामा माओवादी बन्यो ठुलो दल, अध्यक्षमा कांग्रेसको दावी ?


प्रकाशित: विहिवार, ११ माघ २०८०, १९ः२० बजे
- महानगरखबर

काठमाडौं । राष्ट्रिय सभामा नेकपा माओवादी केन्द्र सबैभन्दा ठुलो दल बनेको छ । 


विहिवार सम्पन्न निर्वाचनमा माओवादी केन्द्रलले ५ सिट जितेपछि हाल राष्ट्रिय सभामा कायम रहेको उपाध्यक्षसहितको १५ सिट जोड्दा २० सिट पुुगेको छ । 


यद्यपी फागुन २० गते माओवादी केन्द्रको ३ जना विदा हुने भएपनि १७ जना सभासद हुने भएको माओवादी ठुलो दल बन्न सफल भएको छ ।


नेपाली कांग्रेसले हाल १० सिट रहेकोमा आज सम्पनन निर्वाचनमा थप १० जना जितेपछि २० जना सभासद पुुगेको छ ।


तर फागुन २० गते कांग्रेसका चार जना सभासदको पदावधि सकिने भएकोले कांग्रेससँग राष्ट्रिय सभामा १६ जना मात्र सभासद हुने भएकोले कांग्रेस दोस्रो दल बन्न सफल भएको छ ।


बिहीबार १९ सिटका लागि भएको चुनावमा गठबनधनका एकीकृत समाजवादीका दुई तथा जनता समाजवादी पार्टी र नेकपा एमालेका १÷१ जना जितेका छन ।


हाल एकीकृत समाजवादीका ८ जना रहेकामा फागुनबाट २ जना बिदा हुने भएपछि बाँकी रहेको ६ जना आज सम्पन्न निर्वाचनमा २ जना थपिदा पुनः ८ जना हुन पुुगेको छ । 


जनता समाजवादी पार्टीको एक जना सभासद कायम रहेने भएको छ । प्रमिलाकुमारी यादवको कार्यकाल २० फागुनमा सकिँदैछ । राष्ट्रिय सभामा जनमोर्चाका दुई सांसद हुनेछन । लोसपाको पनि एक जना सांसद राष्ट्रिय सभामा छन ।


कोशी प्रदेशबाट कांग्रेसका कृष्ण सिटौला र एमालेकी रुक्मिणी कोइराला निर्वाचित भएकी छिन । मधेश प्रदेशबाट कांग्रेसका आनन्दप्रसाद ढुंगाना र जसपाकी पूजा चौधरी निर्वाचित भएकी छिन ।


बागमतीबाट नेपाली कांग्रेसका जीतजंग बस्नेत र विष्णुदेवी पुडासैनी, नेकपा माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी र नेकपा एकीकृत समाजवादीका घनश्याम रिजाल निर्वाचित भए । 


राष्ट्रिय सभाका लागि गण्डकीमा भएको ३ सिटको निर्वाचनमा कांग्रेसका किरणबाबु श्रेष्ठ, पदमबहादुर परियार र माओवादीकी मनरुपा शर्मा निर्वाचित भए ।


लुम्बिनी प्रदेशबाट महिलातर्फ कांग्रेसकी विष्णुकुमारी सापकोटा र अन्य तर्फ माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी निर्वाचित भए ।


कर्णाली प्रदेश्बाट नेकपा एकीकृत समाजवादीकी सावित्री मल्ल, माओवादीका विष्णु विक विकल्प र कांग्रेसका कृष्णबहादुर रोकाया निर्वाचित भए ।


सुदूरपश्चिम प्रदेशबाट महिलातर्फ माओवादीकी रेणु चन्द, अपांगतातर्फ कांग्रेसका नारायण भट्ट र अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा निर्वाचित भए ।


अध्यक्षमा नेपाली कांग्रेसले दावी गर्ने तयारी गरेको छ । कोशी प्रदेशबाट निर्वाचित सिटौलाको नाम अध्यक्षको रुपमा चर्चा छ ।

 
हाल माओवादीको तर्फबाट उपाध्यक्ष रहेकी उर्मिला अर्याल पनि अध्यक्षको आकांक्षी देखिएको छ । 


राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाको कार्यकाल पनि फागुन २० गते सकिँदैछ । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD