काठमाडौं । आइतवार माघ ११ गते सम्पन्न राष्ट्रिय सभाको निर्वाचनबाट १८ नयाँ सदस्य निर्वाचित भएका छन ।
नवनिर्वाचितमध्ये कांग्रेसबाट ९, एमालेबाट ८ र जसपा नेपालबाट १ जना राष्ट्रिय सभा सदस्य बनेका छन ।
कांग्रेसबाट सुनीलबहादुर थापा, रञ्जित कर्ण, धर्मेन्द्र पासवान, गीता देवकोटा, जगत तिमिल्सिना, वासुदेव घिमिरे, चन्द्रबहादुर केसी, ललितजंग शाही र खम्मबहादुर खाती निर्वाचित भएका छन ।
एमालेतर्फबाट रोशनी मेचे, सोमनाथ पोर्तेल, रेखा झा, प्रेमप्रसाद दंगाल, सम्झना देवकोटा, रामकुमारी झाँक्री, मीनासिंह रखाल र लीलाकुमारी भण्डारी राष्ट्रिय सभामा प्रवेश गरेका छन ।
जसपा नेपालबाट पार्टीका संरक्षक महन्थ ठाकुर निर्वाचित भएका छन ।
नवनिर्वाचित सांसदहरूले फागुन २१ गतेपछि औपचारिक रूपमा कार्यभार सम्हाल्नेछन । ५९ सदस्यीय राष्ट्रिय सभामा फागुन २१ पछि कांग्रेस २५ सिटसहित पहिलो दल बन्नेछ। नेकपा १७, एमाले १०, जसपा नेपाल ३, जनमोर्चा १ र मनोनीत ३ सिट कायम रहनेछन्।
Categorized in राष्ट्रिय