७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

राष्ट्रिय सभाबाट अध्यक्ष तिमिल्सनसहित यी सदस्यहरु विदा हुँदै


प्रकाशित: शुक्रवार, १३ पुस २०८०, ११ः०० बजे
- महानगरखबर

काठमाडौं । राष्ट्रिय सभाबाट फागुन २० गते भित्र १९ जना सदस्यहरु विदा हुने भएका छन । 


राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, एमालेका बिमला राई पौड्याल (महिला मनोनीत), दीपा गुरुङ (महिला), इन्दु कडरिया (महिला), दीलकुमारी रावल थापा(महिला), कुमार दसौदी (अन्य), नरपति लुवार (दलित), भैरबकुमार श्रेष्ठ (अन्य) रामचन्द्र राईहित ९ जनाको म्याद सकिँदैछ ।


कांग्रेसबाट राष्ट्रिय सभा संसदीय दलका नेता रमेशजंग रायमाझीसहित अनिता देवकोटा (महिला), जितेन्द्रनारायण देव, प्रकाश पन्थ (अपाङ्गता) गरी ४ जनाको कार्यकाल परा हुँदैछ ।


माओवादी केन्द्रबाट विना पोखरेल (महिल), हरिराम चौधरी (अन्य), महेशकुमार महरा गरी ३ जना, एकीकृत समाजवादीबाट नन्दा चापागई, सिंगबहादुर विश्वकर्मा (दलित), जसपाबाट प्रमिला कुमारी (महिला) र स्वतन्त्र खिमलाल देवकोटाको पनि फागुन २० मा कार्यकाल पुरा हुँदैछ ।


प्रत्येक दुई वर्षमा राष्ट्रिय सभामा एक तिहाइ सदस्यको निर्वाचन हुन्छ । राष्ट्रिय सभा निर्वाचन ऐन २०७५ बमोजिम पद रिक्त हुनुभन्दा ३५ दिन अगावै निर्वाचन गर्नुपर्ने हुन्छ । 


अब नियुक्त हुने १९ जना निर्वाचनबाट र एक जना राष्ट्रपतिबाट मनोनयन हुन्छन । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex