२१ बैशाख २०८१, शुक्रबार
Header

राष्ट्रिय सभाको अध्यक्ष दाहाल निर्वाचित 


प्रकाशित: मंगलवार, २९ फागुन २०८०, १३ः५० बजे
- महानगरखवर

काठमाडौं । राष्ट्रिय सभाको अध्यक्षमा सत्ता गठबन्धनका नारायण दाहाल निर्वाचित भएका छन । 


मंगलबार राष्ट्रिय सभामा भएको मतदानमा उपस्थित ५६ जना सांसद मध्ये दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत परेको थियो । 


सभाध्यक्ष उर्मिला अर्यालले उक्त संख्या राष्ट्रिय सभामा तत्काल कायम रहेको संख्याको बहुमत रहेको उल्लेख गर्दै दाहाल राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित भएको घोषणा गरे ।


दाहाललाई सत्तागठबन्धन दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले समर्थन गरेका थिए ।


त्यसअघि, कांग्रेस र लोसपाका तर्फबाट उम्मेदवार रहेका युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।


राष्ट्रपतिबाट मनोनित एक जनाको पद रिक्त छ । 


दाहाल मओवादी केन्द्रको २०५७ सालदेखि केन्द्रीय सदस्य हुन । यस अघि दाहाल विस्तृत शान्ति सम्झौतापछि २०६३ को अन्तरिम व्यवस्थापिका संसदमा सांसद थिए । 


२०६४ मा भएको पहिलो संविधानसभा सदस्य निर्वाचनमा चितवन–३ बाट निर्वाचित भएका थिए । २०७० को चुनावमा भने सोही क्षेत्रबाट पराजित भएका थिए ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD