१५ चैत्र २०८०, बिहिबार
Header

राष्ट्रिय विभूति साख्वाः र मानव अधिकारवादी नेता तुलाधरको शालिक अनावरण


प्रकाशित: शनिवार, ६ मंसिर २०७७, १६ः३० बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले राष्ट्रिय विभूति साख्वाः र अधिकारवादी नेता पदम्रत्न तुलाधरका शालिक अनावरण गरेका छन ।


शनिवार रानीपोखरी नजिकै रहेको ‘शंखधर उद्यान’ मा सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठको प्रमुख आथित्यमा साख्वाः र तुलाधरको शालिक अनावरण गरेका हुन । 


शालिकमा मन्त्री श्रेष्ठले मल्र्यापण गर्दै महानगरपालिकाका प्रमुख शाक्यको प्रयासमा यस्ता सकारात्मक कामको थालनी भएको भन्दै प्रशंसा गरे ।


‘साख्वा नेपाल संवतका प्रवर्तक र राष्ट्रिय विभूति समेत हुन । ०५६ साल मंसिर ३ गते उनलाई राष्ट्रिय विभूति घोषणा गरिएको थियो,’ मन्त्री श्रेष्ठले भने, ‘साख्वाले घरमा ल्याएको बालुवा सुन भएपछि त्यही बेचेर जनतालाई ऋणमुक्त गराएको भन्दै शंखधर दानी व्यक्ति रहेको किंवदन्ती प्रचलित छ ।


कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख शाक्यले राज्यलाई योगदान गरेका व्यक्ति, शहीद र राष्ट्रिय विभूतिलाई सबैले चिरकालसम्म चिनुन र सम्झिरहुन भनेर महानगरपालिकाले शालिक निर्माण गरेको जानकारी दिए । 


‘उहाँहरुको योगदानलाई कतियय अवस्थामा हामीले विर्सन चाहेर पनि विर्सन सक्दैनौँ । अझ उपत्यकावासीका लागि शंखधर र पद्मरत्न   मनमुटुमा छन्, उहाँले भन्नुभयो, ‘हामीले उहाँहरुको सम्मानमा शालिक निर्माण गर्न पाउँदा खुशी छौँ । हामीले पार्कभित्र शालिक राखेर सधैं सबैले चिन्न र देख्न सकुन भन्ने ठानेका छौँ । उहाँले काठमाडौंका नेवार मात्रै होइन सबै मिलेर देश निर्माणमा लाग्नुपर्छ भन्ने नेता तुलाधारप्रति सम्मान गर्न पाएका छौँ ।’ 


आजभन्दा ११४१ वर्ष अघि ऋणमा डुबेका कान्तिपुर र भादगाउँका जनतालाई आफ्नो सम्पत्तिबाट ऋण चुक्ता गरी नयाँ युगको थालनी गरेका शंखधर साख्वाः अहिले पनि उपत्यकावासीको मन–मुटुमा छन । नेपाल सरकारले नेपाल संवत् ११२० कछलाथ्व दशमि अर्थात वि.सं. २०५६ मंसिर २ गते साख्वाःलाई राष्ट्रिय विभूति घोषित गरेको थियो । साख्वाःको सम्झनामा अहिले पनि उनलाई राष्ट्रिय विभूति घोषणा गरेको दिनलाई ‘शंखधर दिवस’ का रूपमा मनाउने गरिन्छ । 


नेपालको मानव अधिकार अभियान, भाषा र जातीय समानताको आन्दोलनमा ठूलो योगदान गरेका पद्मरत्न तुलाधर पनि धेरैले सम्झिरहने नाम हो । उनलाई प्रजातान्त्रिक आन्दोलका नेताका रुपमा पनि चिनिन्छ ।


वामपन्थी राजनीतिज्ञ तुलाधरले वि.सं. २०४६ सालको संयुक्त जनआन्दोलन सफल पार्न विभिन्न टुक्रामा विभाजित वामपन्थी पार्टीहरूलाई एकै ठाउँमा ल्याउन प्रमुख सूत्रधारको भूमिका निर्वाह गरेका थिए । 


नेपाल संवतलाई राष्ट्रिय मान्यता दिलाउन आन्दोलन गरेको नेपालभाषा मंका खलः नामक संस्थाका अध्यक्षसमेत रहेका तुलाधरलाई तत्कालीन राष्ट्रिय पञ्चायतको चुनावमा भाग लिई राष्ट्रिय पञ्चायत भित्रै पञ्चायती व्यवस्था खारेजीको माग गरेको जस पनि जान्छ ।
महानगरको करीब २० लाखको लगानीमा महेश तुलाधरले निर्माण गरका हुन । 


यस अघि पनि महानगरपालिकाले जहाँनिया राणा शासनविरुद्धको लडाइका क्रममा सहादत प्राप्त गरेका चार शहीद गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री को सम्झनामा पूर्णकदको शालिक निर्माण गरिसकेको छ ।  महानगरपालिकाले उनीहरु चारै जनालाई मृत्युदण्ड दिएको स्थान शोभा भगवती, सिफलस्थित र टेकुमा पूर्णकदको शालिक निर्माण गरेको हो । धर्मभक्तको पुख्र्यौली टोल झोँछेमा पनि महानगरपालिकाले उनको सम्झनामा धर्मभक्त पार्क र शालिक निर्माण गरेको छ । 


कार्यक्रममा वागमती प्रदेशका भौतिक पुर्वाधार मन्त्री रामेश्वर फुयालल, सहरी विकास राज्यमन्त्री रामविर मानन्ध पनि कार्यक्रममा सहभागी थिए । 


कार्यक्रममा उपप्रमख हरि प्रभा खड्गी श्रेष्ठले यस्ता व्यक्तिको सम्मान गरि शालिक निर्माण गर्ने अवसर महानगरले प्राप्त गरेकोमा खुशी व्यक्त गरिन । 


कार्यक्रममा पद्मरत्नकी छोरी सुम्निमा तुलाधरले पिताजीको सम्मानमा शालिक स्थापना हुँदा परिवार भावुक भएको बताईन । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD