१७ बैशाख २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

राष्ट्रिय वाणिज्य बैंकले वैशाख ७ गते ऋणपत्र निष्काशन गर्ने


प्रकाशित: बुधवार, २७ चैत्र २०८१, ११ः४० बजे
- महानगरखवर

काठमाडौं । सरकारी स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंकले वैशाख ७ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ ।


यो ऋणपत्रको ७ वर्षे अवधि हुने र यो ऋणपत्रमा लगानी गर्नेले वार्षिक ७ प्रतिशत ब्याजदर पाउने छन । 


अंकित मूल्य १ हजारका दरले कुल २५ लाख कित्ता ऋणपत्र निष्कासन हुन लागेको हो । जसमध्ये ९ लाख ५० हजार कित्ता ऋणपत्र सर्वसाधारणमा निष्कासन हुनेछ । 


ऋणपत्रको लागि आवेदन दिन छिटोमा वैशाख १० गतेसम्म र सो अवधिसम्म पूर्ण रुपमा बिक्री नभएमा २१ गतेसम्म आवेदन दिन सकिनेछ ।


बैंकको ऋणपत्रमा न्यूनतम २५ कित्ता अर्थात् २५ हजार रुपैयाँ लगानी गर्न सकिनेछ ।


धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धकमा सानिमा क्यापिटल छ । केयर रेटिङ नेपालले बैंकलाई ए प्लस रेटिङ दिएको छ । जुन रेटिङले ऋणपत्रमा लगानी सुरक्षा मजबुत रहेको जनाउँछ ।


यस्तो ऋणपत्र बैंकहरुमा धितो राखेर ऋण लिन सकिन्छ भने दोस्रो बजारमा किनबेच पनि गर्न सकिन्छ ।


 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex