१० आषाढ २०८३, बुधबार
Nepal Bank AD 2082 mansir

राष्ट्रिय प्रजातन्त्र पार्टी ले सार्वजनिक गर्‍यो २५ पृष्ठीय ‘संकल्प पत्र’


प्रकाशित: शनिवार, २ फागुन २०८२, १५ः४० बजे
- महानगरखबर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।


शनिबार काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देन ले घोषणापत्र वाचन गर्दै सार्वजनिक गरेका हुन । 


राप्रपाले यस घोषणापत्रलाई ‘संकल्प पत्र’ नाम दिएको छ ।


२५ पृष्ठ लामो संकल्प पत्रमा राप्रपाले आफ्नो भावी मार्गचित्रका रूपमा ‘सबल, समृद्ध र सम्मुनत नेपाल–पृथ्वी पथ’ लाई अघि सारेको जनाएको छ । 


पार्टीले देशको राजनीतिक, आर्थिक तथा सामाजिक रूपान्तरणका लागि वैकल्पिक नीतिहरू प्रस्तुत गरेको दाबी गरेको छ ।


घोषणापत्रमा शासकीय स्वरूपबारे पनि स्पष्ट धारणा राखिएको छ । 


राप्रपाले अभिभावकीय संस्थाका रूपमा राजसंस्था आवश्यक रहेको उल्लेख गर्दै संवैधानिक राजसंस्थासहितको व्यवस्था आफ्नो मूल एजेण्डा भएको पुनः दोहोर्‍याएको छ ।


कार्यक्रममा पार्टीका केन्द्रीय नेताहरू, कार्यकर्ता तथा समर्थकहरूको उपस्थिति रहेको थियो । 


राप्रपाले आगामी निर्वाचनमा संकल्प पत्रमार्फत जनताको विश्वास जित्ने विश्वास व्यक्त गरेको छ ।


हेरौं संकल्प पत्र(क्लिक गर्नुहोस)ः

 

 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex