५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

राष्ट्रिय परिचपत्रको लागि दैनिक ६० जनाको कोटाः मैयाँलक्ष्मी महर्जन


प्रकाशित: मंगलवार, २४ माघ २०७९, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यपालिका सदस्य तथा वडा १५ की महिला सदस्य मैँयालक्ष्मी महर्जनले वडाबाट राष्ट्रिय परिचय पत्रको लागि फारम भर्ने काम सुरु भएको बताएकी छिन ।


महर्जनले अहिले कार्यालय समयमा दैनिक ६० जना स्थायी वडावासीहरुको परिचयपत्रको लागि विवरण र फोटो खिच्ने कार्य गरिरहेको जानकारी दिइन । 


उनले परिचयपत्रको लागि वडाले व्यवस्थित रुपमा लाईनको व्यवस्था गरिएको र अग्रजहरुलाई प्राथमिकता दिई काम भईरहेको बताईन । परिचय पत्र विवरण भर्ने टोली सम्पूर्ण वडावासीहरुको व्यक्तिगत विवरण लिएपछि मात्र जाने भएकोले हतार नगर्न पनि आग्रह उनले गरेकी छिन । 

 


परिचय पत्रको लागी विवाहित पुरुसको हकमा आफ्नो सक्कल नागरिकता, श्रीमतिका सक्कल नागरिकता ( यदी पतिको नाम उल्लेख भएमात्र) अथवा विवाह दर्ता प्रमाणपत्र चाहिने ।


त्यसैगरी विवाहित महिलाको हकमा सक्कल नागरिकता, यदी नागरिकतामा श्रीमानको नाम उल्लेख भएमा अन्य कागजात नचाहिने , यदी नागरिकता माईतीबाट बनेका भए सक्कल विवाह दर्ताको प्रमाणपत्र आवश्यक हुनेछ ।

 


एकल महिलाको हकमा सक्कल नागरिकत, पति/पत्नी मृत्यु दताको सक्ल प्रमाणपत्र, अविवाहितको हकमा नागरिकताको सक्कल बसाई सराई भए सो सक्कल प्रमाण, जन्मति नखुलेको भए सो खुलेको प्रमाण, राहदानि लिएको भएको सो को सक्कल र पूर्व कर्मचारीको हकमा पेन्सन पट्टाको कागजात अनिवार्य गरिएको महर्जनले बताईन । 

 


वडा १५ ले माघ २२ गते आईतवारबाट परिचयपत्रको लागि विवरण लिने कार्य सुरु गरेको हो । 

 

तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex