काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पनि क्यान्सर रोग परीक्षण गर्ने गरी सम्झौता भएको बताएका छन ।
पौडेलले क्यान्सर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नै गर्नुपर्ने गरी समझदारी–पत्र (एमओयू) मा हस्ताक्षर भइसकेको बताए ।
मन्त्री पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालीको स्वास्थ्य परीक्षण स्वदेशमै गर्ने गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको क्षमता विस्तार गर्ने उल्लेख गरे ।
धेरै रोगको परीक्षणका लागि भारत जानुपर्ने बाध्यता अन्त्य गर्न सरकारले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको क्षमता विस्तार गर्न लागेको हो ।
केन्द्रीय प्रयोगशालाको क्षमता विस्तारका लागि विस्तृत कार्ययोजना तयार पारिँदैछ । योजनाको लागत अनुमान तयार भएपछि स्रोत सुनिश्चितताका लागि अर्थ मन्त्रालयमा पठाइने तयारी भइरहेको मन्त्री पौडेलल बताए ।
Categorized in स्वास्थ्य