काठमाडौं । काडमाडौं महानगरपालिकाले आज प्रधानमन्त्री नरेन्द्र मोदीलाई राष्ट्रियसभा गृहमा विशेष नगरिक अभिनन्दन गर्दैछ ।
दिउँसो पौने ३ बजे गरिने भनिएको सो अभिनन्दन समारोह कार्यक्रममा प्रधानमन्त्री मोदी २ बजेर ४५ मिनेटमा सभागृह प्रवेश गरिसक्नेछ । सो अघि २ बजेभित्र अतिथी तथा सर्वसाधारणलाई सभागृहमा प्रवेश गर्न भनिएको छ ।
मोदीलाई दिउँसो पौने ३ बजे राष्ट्रियसभा अभिनन्दन गरिनुका साथै काठमाडौं महानगरपालिको मेयर विद्यासुन्दर शाक्यले नगरको साँचो मोदीलाई बुझाउने कार्यक्रम रहेको छ ।
मोदीको अभिनन्दमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुनेछन् ।
सो कार्यक्रममा मोदीलाई उपहार स्वरुप सुनौलो रंगको बुद्ध मूर्ति महानगरको तर्फबाट दिईने भएको छ ।
Categorized in राष्ट्रिय