१६ चैत्र २०८०, शुक्रबार
Header

राष्ट्रियसभाको चुनावपछि अन्य दलसँग गठबन्धन हुँदैनः गगन थापा


प्रकाशित: बुधवार, २१ पुस २०७८, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रियसभाको चुनावपछि अन्य दलसँग गठबन्धन नहुने बताएका छन । 


बुधबार काठमाडौंमा शेखर कोइराला समूहका नेताहरुको भेटघाटपछि महामन्त्री थापाले सो कुरा बताएका हुन । थापाले सरकारमा गठबन्धन कायमै रहे पनि राष्ट्रियसभा निर्वाचनपछि चुनावी गठबन्धन सकिने बताए । 


थापाले पत्रकारहरुसँग कुरा गर्दै भने,‘तीनै तहको चुनावमा काङ्ग्रेस एक्लै प्रतिस्पर्धा गर्छ । चुनावी गठबन्धन हुदैन ।’


माघ १२ गतेको राष्ट्रियसभा सदस्य निर्वाचनपछि अरु राजनीतिक दलसँग चुनावी गठबन्धन नहुने बताएका छन् ।


बुधबार शेखर कोइराला समूहका नेताहरुको छलफलपछि पत्रकारहरुसँग महामन्त्री थापाले सरकारमा गठबन्धन कायमै रहे पनि राष्ट्रियसभा पार्टीको संसदीय बोर्ड गठन गरेर बोर्डमार्फत नै राष्ट्रियसभा सदस्य उम्मेदवार चयन गर्नुपर्नेमा केन्द्रीय समितिबाट नाम चयन गर्नु विधान विपरीत हुने पनि थापाले बताए । 


थापाले शेखर कोइरालालाई बेवास्ता गरेर पार्टी नचल्ने पनि बताए ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD