१७ बैशाख २०८१, सोमबार
Header

राष्ट्रसभाका लागि निर्वाचित यी १९ सांसदको सोमवार सपथ ग्रहण


प्रकाशित: आइतवार, २० फागुन २०८०, १३ः२० बजे
- महानगरखवर

काठमाडौं । राष्ट्रिसभाका लागि रिक्त रहेका १९ सांसदको सोमवार सपथ ग्रहण हुने भएको छ ।  


माघ ११ गते सातै प्रदेशमा सम्पन्न राष्ट्रिय सभाकाका लागि निर्वाचित संसदलाई संसद भवनको भोली सोमवार ल्होत्से हलमा साढे ११ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गराइने कार्यक्रम रहेको छ । 


कोशी प्रदेशमा अन्यमा कांग्रेसका कृष्ण सिटौला र महिलामा एमालेकी रूक्मिणी कोइराला राष्ट्रियसभाका सदस्य निर्वाचित भएकी हुन । 


मधेसबाट महिला कोटामा जसपाकी पूजा चौधरी र अन्यमा कांग्रेसका आनन्द ढुंगाना विजयी भएका छन । 


बागमतीमा कांग्रेसबाट विष्णुदेवी पुडासैनी र जीतजंग बस्नेत, माओवादीबाट श्रीकृष्णप्रसाद अधिकारी र एकीकृत समाजवादीबाट घनश्याम रिजाल सभा सदस्य चुनिएका हुन । 


गण्डकीबाट माओवादीका मनरूपा शर्मा तथा कांग्रेसका पदमबहादुर परियार र किरणबाबु श्रेष्ठ विजयी भएका छन्।


लुम्बिनीमा कांग्रेसबाट विष्णुकुमारी सापकोटा र माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी विजयी भएका हुन । 


कर्णालीमा एकीकृत समाजवादीकी सावित्री मल्ल, माओवादीका विष्णुबहादुर विश्वकर्मा र कांग्रेसका कृष्णबहादुर रोकाय निर्वाचित भएका छन ।


त्यसैगरी, सुदूरपश्चिममा कांग्रेसका बलदेव बोहोरा र नारायणदत्त भट्ट तथा माओवादीका रेणु चन्दले चुनाव जितेका हुन ।


राष्ट्रिय सभाका लागि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने कोटामा अहिलेसम्म कोही चुनिएको छैन । 


आज (आइतवार) बाट राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० सांसदको पदावधि आज सकिएको छ ।


आजबाट पदावधि सकिनेमा एमालेका ८, कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २ र जसपा, मनोनीत र स्वतन्त्र एकरएक जना छन । 


आज कार्यकाल सकिएकाहरुको विदाइ र नवनिर्वाचित सदस्यहरुको स्वागत अनौपचारिक कार्यक्रम बेलुका साढे ६ बजे सिंहदरबार नजिकैको बुटिक होटेल बसेरामा आयोजना गरिएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD