१० भाद्र २०८३, बुधबार
Header

राष्ट्रसंघीय महासचिव नेपालमा, यस्तो छ मंगलवारसम्मको कार्यतालिका


प्रकाशित: आइतवार, १२ कातिक २०८०, १०ः१० बजे
- महानगरखबर

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस गएराती १ बजे नेपाल आईपुुगेका छन । 


चार दिने औपचारिक भ्रमणका लागि नेपाल आएका महासचिव गुटेरसले महत्वपूर्ण भेटघाटहरू आजै गर्ने भएका पराराष्ट्र मन्त्रालयले जनाएको छ । 


महासचिव गुटेरसले आईतवार दिउँसो ४ बजे राष्ट्रपति रामचन्द्र पौडेललाई राष्ट्रपति भवन शितल निवासमा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दिउँसो २ बजेपछि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेट्ने कार्यक्रम रहेको छ । 


गुटेरसले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम समेत रहेको मन्त्रालयले बताएको छ । 


त्यसैगरी उनले आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संसद भवन बानेश्वरमा भेट्ने कार्यक्रम छ ।


गुटेरसँगको भेट बाँकी रहेको शान्ति प्रकिया टुंगो लगाउने विषयमा नै केन्द्रीत रहने नेताहरूको भनाई छ । 


मंगलबारसम्म नेपालमा रहने गुटेरसले मंगलबार दिउँसो संघीय संसदको संयुक्त सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex