२१ बैशाख २०८१, शुक्रबार
Header

राष्ट्रपति समक्ष आयोगले राखे तीन असुन्तुुष्टि


प्रकाशित: आइतवार, १४ माघ २०८०, १९ः१० बजे
- महानगरखबर

काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रिय सभा चुनावको मतपरिणामलगायत प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई पेश गरेका छन । 


आइतबार शितल निवास पुगेर आयुक्त थपलियासहित आयोगका टोलीले गत माघ ११ गते भएको चुनावको प्रतिवेदन पेश गरेका हुन । 


प्रमुुख थपलियाले सो अवसरमा राष्ट्रपति पौडेल समक्ष तीनवटा असुन्तीष्टी राखेका छन । 


राष्ट्रिय सभा चुनावमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, धनगढी उपमहानगरका मेयर गोपाल हमाल र धरान उपमहानगरका मेयर हर्क साम्पाङले मतदान गर्न गएका थिएनन । 
सो विषयमा पनि आयोगले राष्ट्रपति समक्ष असुन्तुष्टि पोखेका छन । 


थपलियाले राष्ट्रपतिसँग भनेका छन्, ‘आफू निर्वाचित हुनका लागि अर्काको मत खोज्ने तर आफूले अरूलाई मतदान गर्न सहभागी नहुने प्रवृत्ति लोकतन्त्रका लागि घातक हुन्छ।’


त्यसैगरी मत बदर र नेपाली कांग्रेसका नेता शेखर कोइरालाले विराटनगरस्थित निवासमा चुनावको अघिल्लो दिन राखेको चियापानमा आयुक्त थपलियाले असन्तुष्टि जनाएको छ । 


१९ सिटका लागि भएको चुनावबाट नेपाली कांग्रेसका १०, नेकपा माओवादी केन्द्रका ५, नेकपा एकीकृत समाजवादीका २, जसपाका एक जना र नेकपा ९एमाले० बाट एक जना उम्मेदवार विजयी भएका थिए। 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD