१५ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

राष्ट्रपति विद्यादेवी भण्डारी बैशाख ११ मा चीन जाने


प्रकाशित: शुक्रवार, ६ बैशाख २०७६, १८ः१० बजे
- महानगरखवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बैशाख ११ गते चीन जाने भ्रमण तालिका सार्वजनिक भएको छ । 


चिनियाँ समकक्षी सी जिन पिङको निमन्त्रणामा राष्ट्रपति भण्डारी चीनमा आयोजना हुन लागेको बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन सम्मेलनमा सहभागी हुन जान लागेको हो । 


राष्ट्रपती भण्डारीले उक्त कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भ्रमणका क्रममा दुवै देशका राष्ट्रपतिबीच उच्चस्तरीय वार्ता हुने र केही सम्झौतामा हस्ताक्षर हुने छ । 


परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति भण्डारी अन्तर्राष्ट्रिय बागवानी सम्मेलनमा सहभागी हुने र नेपाली स्टलहरुको अवलकोन गर्ने कार्यक्रम रहेको छ । 


त्यसैगरी बेइजिङमा आयोजना हुने नेपाल र चीनका व्यापारिक समुदायको संयुक्त बैठकलाई पनि सम्बोधन गर्ने पनि रहेको मन्त्रालयले जनाएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex