१४ जेठ २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा प्रदेश २ मा छोरी शिक्षा बीमाको शुभारम्भ


प्रकाशित: विहिवार, ९ फागुन २०७५, २१ः०० बजे
- महानगरखबर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ को ‘बेटप् पढाउ बेटी बचाउ अयिभान अन्तर्गत छोरी शिक्षा बीमाको उद्घाटन गरि शुभारम्भ गरेका छन् । 


प्रदेश नं २ सरकारको ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत छोरी शिक्षा बीमा मुद्दती बचत खाताको विहिवारबाट औपचारिक रुपमा सुरु भएके छ ।  


प्रदेश सरकारले सो अभियानका लागि आर्थिक वर्ष २०७५÷७६ मा करीब रु ८९ करोड विनियोजन गरेको छ । 


वीरगञ्जको त्रिजुद्ध माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले माता जानकीजस्ता विभूति जन्मेको यस देशमा राष्ट्र, राष्ट्रियता र संस्कृतिप्रति गौरव गर्ने वातावरण तयार पारी छोरी शिक्षालाई अगाडि बढाउनुपर्नेमा जोड दिए । 


राष्ट्रपति भण्डारीले आजका छोरी भोलि देशको जिम्मेवार नागरिक भएकाले छोरीलाई शिक्षा दिनु आजको आवश्यकता हो, छोरीलाई शिक्षा दिँदा सुदृढ संस्कृतिको जगमा उभिन सक्ने गरी दिनुपर्ने बताए । 


समाजमा व्याप्त दाइजोजस्ता कुरीति समाप्त पारी छोरी, बुहारी एवं महिलाप्रति सम्मान गर्नु आजको आवश्यकता रहेकामा राष्ट्रपति भण्डारीले बताईन । 


सो अवसरमा राष्ट्रपति भण्डारीले प्रभु बंैक लिमिटेडमा खाता खोलिएका वीरगञ्ज महानगरपालिका–१ देखि १६ वडासम्मका १४ शिशुका अभिभावकलाई बैंकको खातासम्बन्धी कागजात हस्तान्तरण गरे । 


कार्यक्रममा त्रिजुद्ध माविबाट २००९ सालमा बोर्ड फस्ट वरिष्ठ उद्योगपति बाबुलाल चाचान सम्मानित भएका थिए ।  


सो अवसरमा प्रदेश नं २ का आठ जिल्लामा गत वर्ष एसइई परीक्षामा पहिलो, दोस्रो तथा तेस्रो हुने छात्रालाई नगद तथा सम्मानपत्र पनि प्रदान गरिउको थियो । 


प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारको गठनसँगै भौतिक पूर्वाधारको विकास तथा समाजमा रहेको महिला तथा छोरीको शिक्षाप्रति आकर्षण ल्याउन सो कार्यक्रम ल्याइएको बताए । 


मुख्यमन्त्री राउतले महिला तथा छोरीको शिक्षाप्रति आकर्षण बढाई तिनलाई सशक्त बनाएर मुलुकको विकासमा अग्रसर गराउने लक्ष्य प्रदेश सरकारको रहेको सुनाए । 


सो अवसरमा प्रदेश नं २ का प्रदेश प्रमुख रतनेश्वरलाल कायस्थ, सामाजिक विकासमन्त्री नवलकिशोर साह र सचिव दीपक सुवेदी, प्रभु बैंक लिमिटेडका सिइओ अशोक श्रेष्ठ, वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगी, सांसद प्रदीप यादवलगायतले आ–आफ्नो भनाई राखेका थिए । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex