११ भाद्र २०८३, बिहिबार
Header

राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा दुई अध्यादेश जारी


प्रकाशित: सोमवार, ८ बैशाख २०७७, १९ः२० बजे
- महानगरखबर

काठमाडौं । सरकारले सिफारिस गरेको दुई अध्यादेश आईतवार विद्यादेवी भण्डारीले जारी गरेकी छिन । 


राजनीतिक दल विभाजन र संविधानिक परिषद्को गणपूरक संख्यासम्बन्धी अध्यादेश राष्ट्रपति भण्डारीले पारित गरेकी हुन । 


आज बसेको मन्त्रिपरिषद् बैठकले पारित गरको यी दुवै विधेयकलाई राष्ट्रपति भण्डारीले पारित गर्दै अध्यादे जारी गरिएको हो । 


प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पार्टी फुटाउन केन्द्रीय समिति र संसदीय दलमा कम्तिमा ४० प्रतिशत बहुमत हुनुपर्ने कानुनी प्रावधान हटाएर दुईमध्ये एकमा बहुमत भए पुग्ने व्यवस्थासहित अध्यादेश जारी गर्ने निर्णय गरेको थियो ।

 
त्यस्तै संवैधानिक परिषदको बैठकमा गणपूरक संख्या पाँच जनाबाट चार जनामा झार्ने अध्यादेश पनि मन्त्रिपरिषद्ले पारित गरेको थियो । 


राष्ट्रपतिले जारी गरेका अध्यादेश संसद अधिवेशन सुरू भएको ६० दिनभित्र संसदको बहुमतबाट पारित हुनु पर्ने संवैधानिक प्रावधान छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex