८ भाद्र २०८३, सोमबार
Header

राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजान प्रस्थान


प्रकाशित: आइतवार, २५ कात्तिक २०८१, १८ः३० बजे
- महानगरखवर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल २९ औं सम्मेलन (कोप–२९) सम्मेलनमा भाग लिन अजरबैजान प्रस्थान गरेका छन । 


आइतवार अपराह्न राष्ट्रपति पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले बताएको छ ।

 
अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९ औं सम्मेलन (कोप–२९०) मा भाग लिन राष्ट्रपति त्यसतर्फ प्रस्थान गरेका हुन । 


अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उनी सम्मेलनमा सहभागी हुन गएको हो । 


यही कात्तिक २७ र २८ गते हुने उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई कात्तिक २७ गते सम्बोधन गर्ने कार्यक्रम छ । 


बैठकमा नेपालले मेलम्ची, मुस्ताङ, कञ्चनपुर, थामे, काठमाडौँ उपत्यकालगायत क्षेत्रमा असामान्य मौसमीजन्य घटनाका कारण आएको बाढीपहिरोबाट भएको क्षतिबारे जानकारी गराउनेछ ।


सम्मेलनमा सहभागी भई राष्ट्रपति पौडेल यही कात्तिक ३० गते शुक्रबार स्वदेश फर्कने कार्यक्रम छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex