६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

राष्ट्रपति रामचन्द्र पौडेलद्धारा सपथ तथा पदभार ग्रहण (तस्वीरहरु)


प्रकाशित: सोमवार, २९ फागुन २०७९, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । 


सोमवार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पौडेललाई शपथ गराएका हुन् ।

 


शपथग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, पूर्वराष्ट्रपति डा. रामवरण यादव, पूर्व प्रधानमन्त्री केपी शर्मा ओली तथा विशिष्ट व्यक्तित्वहरुको उपस्थिति थियो । 


पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए । 

 

 


साथै नेपाली सेनाको एक टुकडीले निःवर्तमान राष्ट्रपति भण्डारीलाई बिदाईका क्रममा सलामी अर्पण गरेको छ । 


सपथ ग्रहण लगत्तै पौडेलले पदभार पनि ग्रहण गरेका छन । 

 

 

 

 

 

 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex