१४ भाद्र २०८३, आइतबार
Header

राष्ट्रपति भण्डारी आज अमेरिका जाँदै


प्रकाशित: आईतबार, २६ फागुन २०७५, ११ः०० बजे
- महानगरखबर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आईतबार संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यु) को ६३औँ बैठकमा भाग लिन अमेरिका प्रस्थान गर्ने भएकी छिन ।


महिलाको स्थितिसम्बन्धी हुने सो सम्मेलनका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बेलुका अमेरिकाको न्यूयोर्कतर्फ जाने कार्यक्रम रहेको छ । 


राष्ट्रसङ्घीय महासभाका अध्यक्ष मारिया फर्नाण्डा इस्पिनोसा ग्रेसेसले यही फागुन २८ गते आयोजना गर्ने ‘शक्तिमा नारी’ विषयको उच्चस्तरीय बैठकलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 


नारी नेत्रीले विश्वलाई कसरी रुपान्तरण गर्छन भन्ने विषयमा पनि राष्ट्रपतिले सम्भाषण दिने मन्त्रालयले जनाएको छ । 


राष्ट्रपति नेतृत्वको प्रतिनिधिमण्डलमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, प्रतिनिधिसभा महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पाल, राष्ट्रपति कार्यालयका विज्ञ लक्ष्मीकुमारी कार्की, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपतिको कार्यालयका सचिव विनोद केसी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव यामकुमारी खतिवडा, राष्ट्रपतिको कार्यालय, परराष्ट्र मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका वरिष्ठ अधिकारी रहेका छन । 


राष्ट्रपति भण्डारी फागुन ३० गते न्यूयोर्कबाट काठमाडौँका लागि प्रस्थान गरेर चैत १ गते अपराह्न राजधानी आइपुग्ने कार्यक्रम रहेको छ । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex