७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

राष्ट्रपति पौडेल फेरी अस्पताल भर्ना, स्वास्थ्य अवस्था स्थीर


प्रकाशित: शनिवार, २ असार २०८०, १३ः२० बज
- महानगरखबर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा फेरी समस्या देखिएपछि अस्पताल भर्ना भएका छन । 


शनिवार विहान २ बजे उनको मुुटुुमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा लगिए पनि थप उपचारको लागि उनलाई शिक्षण अस्पतालसँगै रहेको मनमोहन कार्डियो थोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ । 


राष्ट्रपतिका स्वकीय सचिव चिरञ्जीवी अधिकारीका अनुसार अस्पतालले हाल उनको अवस्था स्थीर रहेको बताएको छ ।

 
गत मंगलबार राष्ट्रपति पौडेल मुटुमा समस्या देखिएपछि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका थिए । 


उपचार गराएर डिस्चार्ज भएको केही दिनमै उनलाई पुनः समस्या देखिएको हो ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex