काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई अस्पताल भर्ना गरिएको छ ।
आज (मंगलबार) बिहान ११ बजे उनलाई बाँसबारीस्थित गंगालाल अस्पतालमा भर्ना गरिएको हो ।
उनको मुटु लगायत स्वास्थ्य परीक्षणको लागि अस्पताल भर्ना गरिएको बुझिए पनि राष्ट्रपति कार्यलयले औपचारिक जानकारी दिएको छैन ।
अस्पतालका चिकित्सकहरुले पनि यसबारे बताएका छैनन । उनी वैशाख १७ गते राति भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचारपछि नेपाल फर्किएका थिए ।
Categorized in राष्ट्रिय