काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले १९ गते शुक्रवार संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्ने भएका छन ।
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङले संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने तय भएको जानकारी दिएका हुन ।
उनका अनुसार राष्ट्रपति पौडेलले वैशाख १९ गते दिउँसो ३ बजे संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने छन।
’त्यसका लागि सम्पूर्ण सांसदहरूलाई उपस्थित हुन आह्वान गर्ने निर्णय भएको छ,’ मन्त्री गुरूङले भने ।
सोमवार बसको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो ।
Categorized in राष्ट्रिय