७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

राष्ट्रपति पौडेलले प्रमाणिकरण गरेको नागरिकता ऐन कार्यान्वयन गर्न सर्वोच्चको आदेश


प्रकाशित: विहिवार, ७ असार २०८०, २०ः१० बजे
- महानगरखबर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणिकरण गरेको नागरिकता ऐन कार्यान्वयन गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । 


विहिवार सर्वोच्च अदालतका अदालका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासले यस अघि दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिने निर्णय गरेको हो । 


यो आदेशसँगै यस अघि जेठ २१ गते सर्वाेच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माले राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयक तत्काल कार्यान्वयन नगर्न दिएको अल्पकालीन अन्तरिम आदेश जारी बदर भएको छ ।

 
राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ गते नागरिकता विधेयक प्रमाणीकरण गरेका  थिए ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex