काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा ६७० जना कैदी बन्दीको सजाय कट्टा गरी माफी मिनाहा दिएका छन ।
मन्त्रिपरिषद्को सिफारिसका आधारमा बुधवारदेखि लागू हुने गरी ती कैदी बन्दीहरुको सजाय माफ गरिदिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जनाएकी छन ।
‘राष्ट्रपति रामचन्द्र पौडेलज्यूबाट फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, कारागार नियमावली, २०२० को साविकको नियम १ र १ क। लाई कायमै गर्ने गरेको सर्वोच्च अदालतको रिट नम्बर ०७६–WH–०९३९ र रिट नम्बर ०७९–WH – ०१४७ को फैसला तथा ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ समेतका आधारमा संलग्न सूचीबमोजिमका उल्लिखित भीमबहादुर खवाससमेत ४९७, हर्कबहादुर लिम्बुसमेत १७० र ज्येष्ठ नागरिक सहनदिन भन्ने समदिन मियाँसमेत ३ जना गरी जम्मा ६७० जना कैदीहरूको भुक्तान हुन बाँकी सजाय माफी गर्ने मन्त्रिपरिषद्को २०८०/०५/२९ को बैठकको सिफारिसबमोजिम २०८०/०६/३ गतेदेखि लागू हुने गरी संविधान दिवस, २०८० को अवसरमा माफी मिनाहा भएको छ, विज्ञप्तिमा उल्लेख छ ।’
Categorized in राष्ट्रिय