६ जेठ २०८१, आइतबार
Header

राष्ट्रपति पौडेलले गरे युरोप भ्रमण रद्द, मंगलवार भूकम्प प्रभावित क्षेत्र जाने


प्रकाशित: सोमवार, २० कातिक २०८०, १७ः४० बजे
- महानगरखबर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले युरोप भ्रमण रद्द गरेका छन । 


कातिक २२ गतेबाट फ्रान्स, जर्मनी र इटाली भ्रमण जाने कार्यक्रम स्थगित भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।


राष्ट्रपति पौडेल तीन देशको भ्रमणका लागि कात्तिक २२ गते काठमाडौंबाट प्रस्थान गर्ने कार्यक्रम थियो । 


जाजरकोट केन्द्र भएर गत शुक्रबार भूकम्प गएको र ठूलो जनधनको क्षति भएको भन्दै यस्तो बेला विदेश भ्रमणमा नजान राष्ट्रपतिलाई आग्रह हुँदै आएको थियो । 


राष्ट्रपति पौडेल मंगलबार विहान भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाने भएका छन ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD