६ जेठ २०८१, आइतबार
Header

राष्ट्रपति पौडेलले गरे भूकम्प प्रभावित क्षेत्रको अवलोकन


प्रकाशित: मंगलवार, २१ कातिक २०८०, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका छन । 


मंगलबार राष्ट्रपति पौडेलले भूकम्पमा परेर घाइते भएकाहरूलाई अस्पताल पुगेर अवस्थाबारे जानकारी लिएका छन ।


राष्ट्रपति पौडेलले भूकम्प प्रभावितहरूलाई आवश्यक बसोबास, खाद्यान्नलगायत सबै कुराको प्रबन्ध हुने र त्यसका लागि आफूले सरकारसँग कुरा गर्ने बताएका थिए ।


राष्ट्रपति पौडेलले खलङ्गा, रामीडाँडा, नलगाड तथा रुकुम पश्चिमको आठबिसकोट पुगेर भूकम्पबाट प्रभावितको राहत र उद्धारको अवस्थाका बारेमा जानकारी लिएका छन । 


भूकम्पपछिको अवस्था अनुकूल नभएको भन्दै राष्ट्रपति पौडेलले कात्तिक २२ गतेदेखि तय भएको युरोप भ्रमण स्थगित गरेका थिए ।

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD