६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

राष्ट्रपति पौडेलले उपचार खर्च राज्यबाट नलिने


प्रकाशित: मंगलवार, १९ बैशाख २०८०, १३ः३० बजे
- महानगरखबर

काठमाडौं । भर्खरै स्वास्थ्य उपचार गरेर भारतबाट फर्किएका राष्ट्रपति रामचन्द्र पौडेलले उपचारमा लागेको खर्च राज्यबाट नलिने घोषणा गरेका छन । 


मंगलवार राष्ट्रपति कार्यालयको स्वकीय सचिवालय एक प्रेस नोट जारी गरी राष्ट्रपतिले आफ्नो उपचारमा लागेको सम्पूर्ण खर्च स्वयंले ब्योहर्ने जानकरी गराइएको छ । 


जारी पे्रस नोटमा भनिएको छ,‘ सम्माननिय राष्ट्रपति रामचन्द्र पौडेल ज्यूको स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारको क्रममा सुधार हुन नसकेपछि चिकित्सकहरुको सुुझव अनुसार भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आर्यूविज्ञान संस्थान (एम्स)मा उपचार भएको सम्पूर्ण नेपाली दिदिबहिनी दाजुुभाईहरुमा सर्वविदित्तै छ । उपचारको क्रममा भएको उपचार खर्च सम्माननिय राष्ट्रपति ज्यू स्वंमले बेहोर्ने चाहेको कुरा जानकारीको लागि अवगत गराईन्छ ।’ 


राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीको हस्ताक्षरमा प्रेस नोट जारी गरिएको हो । 


राष्ट्रपति पौडेल १७ गते आईतवार उपचारपछि स्वदेश फर्किएका थिए । 


यस अघि राष्ट्रपतिको उपचार खर्चको विषयमा हिजो नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले एक कार्यक्रममा राष्ट्रपतिले उपचार खर्च नलिने घोषणा गर्न आग्रह गरेका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex