७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

राष्ट्रपति पौडेलले अवलोकन गरे पाटन दरवार स्क्वायर


प्रकाशित: शुक्रवार, १२ साउन २०८०, १३ः२० बजे
- महानगरखबर

कठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार बिहान ललितपुरको पाटन दरबार क्षेत्र अवलोकन गरेका छन । 


राष्ट्रपति पौडेलले कृष्ण मन्दिरको दर्शन र पाटन दरबार संग्रहालयको अवलोकन गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए । 


पाटन दरवार अवलोकन गर्न पुुगेका राष्ट्रपति पौडेललाई ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्वागत गरेका थिए । 


राष्ट्रपति पौडेलले सुन्दरी चोक, मूलचोक र केशवनारायण चोकसहित पाटन सङ्ग्रहालयको अवलोकन गरे ।


साथै पाटन सङ्ग्रहालयका निमित्त कार्यकारी निर्देशक सुरेश लाखे र स्मारक संरक्षण तथा दरवार हेरचाह कार्यालयका निमित्त प्रमुख शारदा शिवाकोटीले सो क्षेत्रबारे जानकारी गराएका थिए ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex