७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

राष्ट्रपति पौडेललाई थप उपचारको लागि भारत लगियो


प्रकाशित: बुधवार, ६ बैशाख २०८०, १२ः४० बजे
- महानगरखबर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिएको छ । 


आज विहान (बुधबार) राष्ट्रपति पौडेललाई श्री एयरको विमानबाट भारत  लागिएको हो ।


पौडेलको बायाँ छातीको तल्लो भागमा स्वास्थय समस्या देखिएपछि थप उपचारको नयाँ दिल्लीस्थित अल इन्डिया इस्टिच्यूट अफ मेडिकल साइन्सेस् (एम्स) मा लगिएको हो । 


यस अघि स्वास्थ्यमा समस्या देखिएपछि सोमबार राष्ट्रपति पौडेललाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो । 


उनको बायाँ छातीको तल्लो भागबाट भिडिओ एक्सरेको सहायताले पानी निकाली परीक्षणपछि स्वास्थ्य समस्या सामन्य रहेको रहेको बताईएको थियो तर मंगलवार (हिजो) समस्या देखिएपछि उपचारको लागि भारत लग्नु परेको हो । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex