२ भाद्र २०८३, मंगलबार
Header

राष्ट्रपति पौडेलबाट स्व. नविन्द्रराज जोशीको शालिक अनावरण


प्रकाशित: सोमवार, १३ चैत्र २०७९, २१ः०० बजे
- महानगरखबर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसका स्व. नेता नविन्द्रराज जोशीको शालिक अनावरण गरेका छन । 


सोमवार विहान काठमाडौं महानगरपालिका वडा १९ स्थित याट्खा कुमारी मन्दिरमा स्थापना गरिएको शालिक अनावरण गरेको हो ।

 


राष्ट्रपति पौडेलले जोशीको शालिकमा मल्र्यापण समेत गरेका थिए । जोशीको शालिक नजिकै रहेको २०४६ सालका सहिदको सालिकमा पनि पौडेलले माल्र्यापण गरेका थिए । 


राष्ट्रपति पौडेलले माल्र्यापणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व उद्योगमन्त्री, सांसद स्व.जोशीले लोकतन्त्र र गणतन्त्र स्थापना लागि गरेका योगदानबारे चर्चा गरेका थिए । 

 


राष्ट्रपति पौडेलले मुलुक र समाज परिवर्तनका लागि सदैव दृढ संकल्पित, सिद्धान्तनिष्ठ कार्यकर्ताका रुपमा जोशीले लोकतन्त्रलाई जीवनपद्धतिका रुपमा आत्मसाथ गरी लोकतन्त्रको संस्थागत विकासमा पुर्‍याएको योगदान भावी पुस्ताका लागि सदैव प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गरे ।


राष्ट्रपति पौडेलले जनतासँग निकटतम सम्बन्ध राख्ने र उनीहरुका सुख दुःख बुझ्ने व्यक्तित्वको रुपमा आफूले जोशीलाई चिनेको बताए ।  

 


मुलुक र समाज परिवर्तनका लागि सदैव दृढ संकल्पित, सिद्धान्तनिष्ठ कार्यकर्ताका रुपमा जोशीले लोकतन्त्रलाई जीवनपद्धतिका रुपमा आत्मसाथ गरी लोकतन्त्रको संस्थागत विकासमा पुर्‍याएको योगदान भावी पुस्ताका लागि सदैव प्रेरणाको स्रोत बन्ने विश्वास पनि उनले व्यक्त गरे ।


सो अवसरमा जोशी पत्नी तथा सांसद सपना राजभण्डारी, नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले पनि बोलेका थिए । 
 

 

 

 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex