काठमाडौं । प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद विस्तार गरेका छन ।
शुक्रवार प्रधानमन्त्री दाहालले नियुक्त गरेका उप्रधानमन्त्री, मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा सपथ ग्रहण गराएका छन ।
सपथ ग्रहण समारोहमा प्रधानमन्त्री दाहाल, सभामुख देवराज घिमिेरको उपस्थितीमा नवनियुक्त मन्त्रीहरुले सपथ लिएका हुन ।
नेपाली कांग्रेसबाट पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा मन्त्री, प्रकाशरण महत अर्थमन्त्री, सीता गुरुङ सहरी विकास मन्त्री, रमेश रिजाल उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त गरेका छन ।
त्यसैगरी, एकिकृत समाजवादीबाट बेदुराम भूसाल कृषी तथा पशुपंक्षी, प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन ।
जनता समाजवादी पार्टीबाट अशोक राई शिक्षा विज्ञान तथा प्रविधि मन्त्री, लोकतान्त्रिक समाजवादी पार्टीबाट सरदसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, नागरिक उन्मुक्ति पार्टीबाट रन्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा नियुक्ति भएकी हुन ।
माओवादी केन्द्रबाट शक्ति बस्नेत उर्जा जलस्रोत तथा सिंचाई मन्त्री बनेका छन । माओवादीले ५ वटा मन्त्रालय पाएकामा मध्ये यस अघि उपप्रधान तथा भौतिक यातायात मन्त्री बनेका नारायणकाजी श्रेष्ठ गृहमन्त्रीमा नियुक्त भएका छन ।
रेखा शर्मा, सुचना तथा सञ्चार मन्त्री, अमनलाल मोदी संघीय मामिला तथा सामन्य प्रशासन मन्त्री, सुदन किराँती संस्कृति, पर्यटन तथा नागरिक उडड्यान मन्त्री छन ।
नेपाल समाजवादी पार्टीबाट महिन्द्रराय यादव, महिला, बालवालिका तथा जेष्ठ नागरिक मन्त्रीमा चयन भएका छन ।
यसैविच मन्त्रीपरिषद विस्तारकै क्रमा जनमत पार्टीका खानेपानी तथा सरसफाइ मन्त्री अब्दुल खानले राजीनामा दिएका छन ।
मन्त्रिपरिषद् पुनर्गठन गर्दा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय नपाएपछि खानले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका हुन ।
Categorized in राष्ट्रिय