काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार आएको त्रिवि शिक्षण अस्पतालले जनाएको जनाएको छ ।
शनिवार पेट दुख्नेलगायत समस्या देखिएपछि राष्ट्रपति पौडेललाई अस्पताल भर्ना गरिएको थियो ।
अस्पतालका प्रशासन प्रमुख बैकुण्ठप्रसाद थपलियाले राष्ट्रपति पौडेलको स्वास्थ्य सुधारोन्मुख रहेको बताएको छ ।
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापतिसमेत रहेका उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, पूर्वसभामुख तारानाथ रानाभाट, सांसद सुरेन्द्र आचार्य लगायतले भेटेर जानकारी लिएका छन ।
Categorized in राष्ट्रिय