१६ बैशाख २०८१, आइतबार
Header

राष्ट्रपति पौडेलको शीर्ष नेताहरुलाई आग्रह– आवश्यक कानुन बनाउ 


प्रकाशित: सोमवार, १ माघ २०८०, २०ः१० बजे
- महानगरखबर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शीर्ष नेताहरुलाई बोलाएर संविधान कार्यान्वयनका लागि आवश्यक कानुन तत्काल बनाउन आग्रह गरेका छन । 


माघी पर्वको अवसरमा सोमवार संघीय संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुलाई शीतल निवासमा बोलाएर राष्ट्रपति पौडेलले सो आग्रह गरेका हुन । 


संविधानको पूर्ण कार्यान्वयन नभएकाले जनतामा निराशा देखिएको बताउँदै उनले संघीय संसदमा रहेका दलहरूलाई आवश्यक कानुन बनाउन आग्रह गरेका हुन ।


‘जनतामा देखिएको निराशा अरु कारणले होइन, संविधान कार्यान्वयन नभएर हो । संविधान कार्यान्वयन गर्न छिटो कानून बनाएर जनताको निराशालाई आशामा परिणत गरौं ।’ राष्ट्रपति पौडेलले भने । 


यो संविधानले उत्पीडित, उपेक्षित, पिछडिएका जनतालाई अधिकार सम्पन्न बनाएको भन्दै उनले समावेशी संघीय लोकतान्त्रिक गणतन्त्र साकार पार्ने प्रण गर्न आग्रह गरे ।


कार्यक्रममा उपराष्ट्रपति, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, राष्ट्रिय सभाका उपाध्यक्ष, संघीय संसदमा प्रतिनिधित्व गर्ने संसदीय दलका नेताहरू, संसदीय समितिका सभापतिहरू र स्वतन्त्र सांसदहरूको उपस्थिति थियो ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD