२० बैशाख २०८१, बिहिबार
Header

राष्ट्रपति पुटिनका आलोचकको घर र कार्यालयमा छापा


प्रकाशित: विहिवार, १५ माघ २०७७, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । राष्ट्रपति भ्लादमिर पुटिनका आलोचक अलेक्सी नाभाल्नीको घर र कार्यालयमा प्रहरीले छापा हानेको छ ।


बुधवार रुसी प्रहरीले मस्कोस्थित उनको अपार्टमेन्ट र एन्टी–करप्सन फाउन्डेसनको कार्यालयमा छापा हानेको हो । अहिले उनको रिहाईको लागी रिहाइका लागि देशभित्र र अन्तर्राष्ट्रिय समुदायबाट आइरहेको निरन्तर दबाब आईरहेको छ । 


नाभाल्नीका समर्थकले गत साता उनको रिहाइका लागि गरेको प्रदर्शनका क्रममा कोरोनाभाइरसविरूद्धका स्वास्थ्य मापदण्ड उल्लंघन गरेकाले सोधपुछ गर्न छापा हानिएको बताइएको छ ।


प्रहरीले एन्टी–करप्सन फाउन्डेसनको कार्यालयमा पनि खोजतलास गरेको छ । नाभाल्नीले खोलेको यो फाउन्डेसनले केही समयअघि राष्ट्रपति पुटिनका लागि १ अर्ब पाउन्ड खर्चेर बनाइएको भनिएको दरबारबारे अनुसन्धान गरेको थियो । 


पाँच महिनापछि स्वदेश फर्किएका नाभाल्नीलाई १० दिनअघि विमानस्थलबाटै पक्राउ गरिएको थियो । नाभाल्नी रूसी राष्ट्रपति भ्लादिमर पुटिनका खरो आलोचक हुन ।  पुटिन शासनमा भएका भ्रष्टाचारबारे उनले थालेको अनुसन्धानले रूसभरि पुटिनविरूद्ध आक्रोश जन्माएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD