२६ आश्विन २०८३, सोमबार
Header

राष्ट्रपति निर्वाचन आचारसंहिता भोलीदेखि लागु


प्रकाशित: मंगलवार, १६ फागुन २०७९, १३ः४० बजे
- महानगरखवर

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको लागि भोली (फागुन १७) देखि आचारसंहिता लागु हुने जनाएको छ । 


२५ फागुनमा हुने राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि आयोगले आचारसंहिताबारे सुचना प्रकाशित गरेको हो । 


सुचना अनुसार यो अचारसंहिता  संघीय संसदका ३३२ र प्रदेशसभााका ५५० जना गरी ८८२ मतदाता रहने निर्वाचनका लागि १७ फागुनदेखि ५ चैतसम्म लागु हुनेछ । 


आचारसंहिता नेपाल सरकार, प्रधानमन्त्री र मन्त्री, प्रदेश सरकार, मुख्यमन्त्री र मन्त्री, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकायका कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाका कर्मचारीलाई लाग्नेछ ।


त्यस्त,ै राजनीतिक दल र तिनका भ्रातृ संगठन, उम्मेदवार र उम्मेदवारका प्रतिनिधि, मतदान र मतगणनास्थलमा खटिने उम्मेदवारका प्रतिनिधि, सार्वजनिक पद धारण गरेको व्यक्ति, सञ्चार प्रतिष्ठान, तिनका कर्मचारी र पत्रकार तथा मतदातालाई पनि आचारसंहिता लागू हुनेछ ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex