काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको तयारी सुरु गरेको छ ।
आयोगले मतदानस्थल बानेश्वरस्थित संघीय संसद भवन तोकेको छ भने मतदान अधिकृतमा पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई नियुक्त गरेको छ ।
दुइटा मतदान केन्द्र हुने आयोगले जनाएको छ । यस निर्वाचनको लागि संघीय संसद, राष्ट्रियसभा संसद र प्रदेशसभाको सदस्यहरु मतदाता हुने छन ।
आयोगले जारी गरेको कार्यतालिका अनुसार फागुन १० गते मतदाताको नामावली सार्वजनिक गर्ने तयारी छ ।
राष्ट्रपति निर्वाचनका लागि यही फागुन १३ गते उम्मेदवारको मनोनयन दर्ता गर्नुपर्ने तालिका छ ।
राष्ट्रपतिको उम्मेदवारको विषयमा ठुला राजनीतिक दलहरु कांग्रेस, एमाललेले अहिलेसम्म औपचारिक निर्णय गरिसकेको छैन ।
कसलाई राष्ट्रपति बनाउने भन्ने विषयमा दलहरुविच ठोस सहमति पनि नविनिरहेको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजिनु पर्ने बताउँदै आएका छन ।
आयोगले फागुन २५ गते राष्ट्रपनि निर्वाचनको मिति तोकेको छ ।
सम्बन्धीत समाचारः
Categorized in राष्ट्रिय