९ भाद्र २०८३, मंगलबार
Header

राष्ट्रपति निर्वाचनः उम्मेदवारको फोटोसहित मतपत्र, ७ बजेसम्म निर्वाचन परिणाम आउने


प्रकाशित: बुधवार, २४ फागुन २०७९, १४ः०० बजे
- महानगरखवर

काठमाडौं । विहिवार (फागुन २५ गते) हुने राष्ट्रपति निर्वाचनमा उम्मेदवारको फोटो हुने निर्वाचन आयोगले जनाएको छ । 


आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार यसअघि मतपत्रमा उम्मेदवारको नाम मात्रै राख्ने गरे पनि यो पटक भने उम्मेदवारको नाम र फोटोसहितको मतपत्र छापिएको हो । 


राष्ट्रपति निर्वाचनमा आठदलीय गठबन्धनबाट कांग्रेस नेता एवं पूर्वसभामुख रामचन्द्र पौडेल र विपक्षी दल एमालेबाट उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन ।


मतदान बिहान १० देखि ३ बजेसम्म बानेश्वरस्थित संसद् भवनमा हुनेछ  र यसको मतगणना परिणाम बेलुका ७ बजेसम्म आईपुग्ने आयोगले बताएको छ । 


यस निर्वाचनमा संघीय संसद्का ३ सय ३१ र प्रदेशसभाका ५ सय ५० सांसद गरी ८ सय ८१ जनाले राष्ट्रपति निर्वाचनमा मत दिनेछन । 


संघीय संसद्का सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ हुन्छ । 


यस आधारमा सबै संघीय सांसदको मतभार २६ हजार १ सय ४९ र प्रदेश सांसदको मतभार २६ हजार ४ सय गरी कुल मतभार ५२ हजार ५ सय ४९ छ । राष्ट्रपतिमा निर्वाचित हुन २६ हजार २ सय ७५ मतभार ल्याउनुपर्छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex