काठमाडौं । राष्ट्रपति निर्वाचनको मौन अवधि सोमबार राति १२ बजेदेखि सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।
मौन अवधि सुरु भएसँगै राष्ट्रपति निर्वाचनका लागि प्रचारप्रसारमा रोक लगाउने जनाएको छ ।
आयोगका अनुसार २२ गते राति १२ बजेदेखि मतदानको दिन फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने छ ।
निर्वाचन स्वच्छ‚ स्वतन्त्र‚ निष्पक्ष‚ विश्वसनीय‚ पारदर्शी तथा भयुमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागू हुने आयोगले जनाएको छ ।
आगामी फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदै छ ।
Categorized in राष्ट्रिय