९ भाद्र २०८३, मंगलबार
Header

राष्ट्रपतिमा निर्वाचित पौडेलको सपथ ग्रहण कहिले ?


प्रकाशित: विहिवार, २५ फागुन २०७९, २०ः५० बजे
- महानगरखवर

काठमाडौं । गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन ।


विहिवार सम्पन्न राष्ट्रपति निर्वाचनमा पौडेलले सुवास नेम्बाङलाई पराजित गरी मुलुकको सर्वोच्च पद राष्ट्रपतिमा निर्वाचित भएका हुन ।


पौडलले ३३ हजार ८०२ मतभार पाएर राष्ट्रपति पदमा निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार उनले २१४ संघीय सांसद र ३५२ प्रदेसभास सांसदको मत पाएका हुन । 


राष्ट्रपतिमा पराजित नेम्बाङले १५ हजार ५१८ मतभार पाएका छन । उनले संघीय सांसदको ९८ र प्रदेश सांसदको १६२ मत पाएको आयोगले जनाएका छन । 


आयोगले औपचारिक रुपमा संघीय संसदको लोत्से हलमा आयोजित कार्यक्रमा पौडेललाई राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेका थिए । 


‘खस–आर्य समुदायका श्री रामचन्द्र पौडेल (पुरुष) ले ३३८०२ मत प्राप्त गरी राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा ५५ को उपदफा (२) बमोजिम निर्वाचक मण्डलको तत्काल कायम रहेको ५२६२८ का बहुमत प्राप्त गर्नु भएकोले राष्ट्रपति पदमा निर्वाचित भएको घोषणा गर्दछु ।’ निर्वाचन आयोगले प्रकाशित गरेको निर्वाचन परिणाम तालिकमा उल्लेख छ । 


राष्ट्रपति निर्वाचनमा ८ दलले पौडेललाई मतदान गरेका थिए । गत फागुन १२ गते कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपा, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाले राष्ट्रपतिमा कांग्रेसलाई सहयोग गर्ने निर्णय गरेका थिए । 


रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भए पनि औपचारिक सपथ ग्रहण गरेपछि मात्र शितल निवास प्रवेश हुनेछ ।

 
पद हस्तान्तरणको प्रक्रिया केही समय लाग्ने हुनाले सपथ ग्रहणको मिति पनि तत्काल तोकिएको छैन । 


संविधानको धारा ६३ मा राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुनेछ भन्ने व्यवस्था भए अनुासर पौडेल आज बिहीबार (फागुन २५, २०७९) देखि नै राष्ट्रपति भएका छन । 


निर्वाचन आयोगले रामचन्द्र पौडेल नयाँ राष्ट्रपतिमा निर्वाचित भएको भन्ने विवरण सहितको प्रतिवेदन बहालवाला राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएपछि पद हस्तान्तरण प्रक्रिया सुरु हुने हुन्छ ।


त्यसपछि समन्वयमा शपथ ग्रहणको कार्यक्रम तय हुन्छ । शपथ ग्रहणपछि नयाँ राष्ट्रपतिले पदभार ग्रहण गर्ने र निवर्तमान राष्ट्रपतिलाई ससम्मान शितल निवासबाट बिदाइ गरेर उनको निजी निवाससम्म र्पुयाउने काम हुन्छ ।
विद्यादेवी भण्डारीको २८ फागुनमा राष्ट्रपतिको कार्यकाल पूरा हुँदैछ ।  


संविधान अनुसार राष्ट्रपतिलाई प्रधानन्यायाधीशले शपथ ग्रहण गराउने कार्यक्रम हुन्छ । अहिले प्रधानन्यायाधीश पद रिक्त भएकाले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले नै राष्ट्रपति पौडेललाई शपथ ग्रहण गराउनेछन ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex