६ बैशाख २०८१, बिहिबार
Header

राष्ट्रपतिमा कांग्रेसको दावी !


प्रकाशित: बुधवार, ४ माघ २०७९, ५ः२७ बजे
- महानगरखवर

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपतिमा दावी गरेको छ । 


प्रधानमन्त्री पुष्पकमल दाहाललाई नेपाली कांग्रेसले पनि समर्थन दिएपछि पछिल्लो राजनीतिक घट्नाक्रम परिवर्तन भएको देखिन्छ । 


बुधवार सभामुखको उम्मेदवारी दर्ता गर्ने क्रममा पत्रकारहरुसँगको कुराकानीमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्ने बताएका छन ।

 


महामन्त्रीको दावी अनुसार राष्ट्रपति कांग्रेसले प्रस्तावगरेको व्यक्ति हुने संकेत गरेको छ । उनले भने,‘राष्ट्रपति नेपाली कांग्रेसले प्रस्ताव गरे बमोजिमको व्यक्ति बनुहुनेछ ।’


समामुख निर्वाचन सम्पनन भएपछि हुने राष्ट्रपति निर्वाचनबेला थप कुरा गर्ने उनले बताए । नेपाली कांग्रेसले कांग्रेस सभासद ईश्वरी न्यौपानेलाई सभामुखको उम्मेदवार बनाएका छन ।


कांग्रेसलाई राष्ट्रपति दिने विषयमा प्रधानमन्त्री दाहाल सकारात्मक देखिएको बुझिएको छ । राष्ट्रपति निर्वाचन फागुनमा हुँदैछ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD