काठमाडौं । मन्त्रिपरिषद बैठकले राष्ट्रपति रामचन्द्र पौडेलको स्वीट्जरल्याण्ड र जर्मनी भ्रमण कार्यक्रम स्वीकृत गरेको छ ।
विहिवार बसेको बैठकले राष्ट्रपति पौडेले नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै जेठ ३१ गते स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औं अधिवेशनमा भाग लिने जाने कार्यक्रम रहेको छ ।
सो भ्रमणपछि जर्मनी भ्रमण गर्ने कार्यक्रम रहेकोले सोको बैठकले स्वीकृत गरेको हो ।
बैठकले विभिन्न २६ वटा निर्णयहरु गरेको छ । त्रिभुवन विश्वविद्यालयको काठमाडौं उपत्यकाभित्र रहेका जग्गाको अध्ययन अनुसन्धान गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको छ ।
त्यस्तै हतियार सम्बन्धमा इजाजतपत्र प्राप्त गरेका तर यात्रा अनुमति प्राप्त नगरेका हातहतियाहरू इजाजत बाहकले घर बाहिर लैजान नपाउने निर्णय पनि गरेको छ ।
यात्रा इजाजत प्राप्त गरेका हातहतियार समेत तोकिएको स्थानमा लैजान नपाउने गरी निषेध गरेको छ।
हेरौं थप निर्णयहरुः



Categorized in राष्ट्रिय