८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

राष्ट्रपतिको आग्रहः आदीवासी जनजाति समुदायका आदिकविहरू नाम उपलब्ध गराउनु


प्रकाशित: मंगलवार, ८ माघ २०८१, १८ः४० बजे
- महानगरखवर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिवासी जनजाति समुदायभित्र रहेका आदिकविकहरूको नाम र शालिक उपलब्ध गराउन आग्रह गरेका छन । 


मंगलबार शितलनिवासमा आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले सो आग्रह गरेका हुन । 


आयोगले मगर, राई लगायत, आदिवासी जनजाति समुदायभित्र रहेका विभिन्न जातीहरुका आदिकविहरुको नाम र शालिक पाएको खण्डमा तनहुँको चुँदीरम्घामा निर्माण हुने भानु साहित्य उद्यानमा राख्ने योजना रहेको बताए ।


उनले ४ सय बिगाह जग्गा सरकारसँग लिएर आदिकवि भानुभक्त आचार्यको जन्मस्थान चुँदीरम्घामा भानु साहित्य उद्यान बनाउन लागेको उल्लेख गर्दै त्यहाँ बनाइने मूर्ति वाटिकामा विभिन्न जातजातिहरुका आदिकविको मूर्ति रहने बताए ।


राष्ट्रपति पौडेलले आदिवासी, जनजाति समुदायको भाषा, लिपी, संस्कृति, इतिहास, परम्परा, साहित्य, कलाको संरक्षण, संवद्र्धन एवं विकास तथा सो समुदायको सशक्तिकरण गरी सर्वाङ्गिण हितलाई सुनिश्चित गर्ने सन्दर्भमा नेपालको संविधान एवं कानुनले आयोगलाई महत्त्वपूर्ण जिम्मेवारी दिएको बताए ।

 

21 January 2025, Tuesday                 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex