काठमाडौ । राष्टÇपति विद्यादेवी भण्डारीले आज संघीय संसदलाई सम्बोधन गर्नुहँदै जनता र देशको हितमा सर्वोपरि हित हुने काममा लाग्न आव्हान गर्नुभएको छ ।
क्षेत्र, सम्प्रादय र दलगत स्वार्थभन्दा माथि उठेर जनहितलाई सम्बोधन गर्न संघीय संसद प्रयत्नशिल हुने विश्वास राष्टÇपति भण्डारीले व्यक्त गर्नुभयो ।
संसदलाई राष्टÇपति भण्डारीले सम्बोधन गर्नुहँुदै मुलुकमा अब कुनै पनि बहानमा हिंसाको बाटोमा जान नहुने बाताउनुभयो ।
राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्ण बहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, सरकारका मन्त्रीहरु लगायतले स्वागत गर्नुभएको थियो ।
प्रकाशित मिति ः २०७४ चैत्र १५ गते विहिबार ६ः१७ बजे
Categorized in राष्ट्रिय