काठमाडौं । मंगलवार विहान रामेछापको खनियापानीमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ९ जना पुुगेको छ ।
रामेछापको हिलेदेवीबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस बिहान करिब १० बजेतिर भएको बस दुर्घटना भएको रामेछाप प्रहरीले बताएको छ । प्रहरीका अनुसार पाँच जना पुरुष र चार जना महिला घटनास्थलमै मृत फेला परेका छन ।
घटनास्थलबाट ३० जना घाइतेको उद्धार गरी उपचारका लागि धुलिखेल पठाइएको छ भने बसमा ४० जनाभन्दा बढी सवार रहेको प्रहरीले जनाएको छ ।
दुर्घटना बारे थप विवरण अध्ययन गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
Categorized in समाज