२३ आषाढ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

रामेछापको मन्थलीबाट ६७ केजी सडेको मासु बरामद


प्रकाशित: मंगलवार, १० पुष २०७५, ०९ः५० बजे
- महानगरखबर

काठमाडौं । रामेछाप जिल्ला सदरमुकाम मन्थलीबाट प्रहरीले ६७ केजी सडेको मासु बरामद गरेको छ । 


मन्थलीमा सञ्चालित जुनेश मासु पसलबाट ४६ किलो तथा नौ किलो सडेको ससेज, ‘न्यू फेमल मिट सप’बाट सडेको १० किलो राँगाको मासु, मन्थली मासु पसलबाट कुखुराको सडेको दुई किलो सडेको मासु प्रहरीले नियन्त्रणम लिएको हो ।  


जिल्ला प्रशासन कार्यालयको टोलीले बजार अनुगमनका क्रममा विभिन्न मासु पसलबाट सोमबार खान अयोग्य मासु बरामद् गरेको सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद भट्टराईले जानकारी दिए । 


अनुगमन टोलीले सडेको मासु बिक्रीका लागि राख्ने जुनेश मासु पसल सञ्चालकलाई रु दुई हजार तथा न्यू फेमस मिट सपका सञ्चालकलाई रु पाँच हजार जरिवाना समेत गरेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex